देवर्षि गौतम परिवार को विधान २०७९ मा उल्लेख भए अनुसार जनचेतना अभिवृद्धि गर्दै जन सहभागितामूलक कार्यक्रमहरू गरी धर्म, संस्कृति, संस्कार र सम्पदाको संरक्षण र तिनको दिगो विकासका लागि काठमाण्डौ जिल्ला लगायत देशभरमा छरिएर रहेका भोजपुर जिल्लाको षडानन्द नगरपालिका अन्तर्गत रहेको पापुंगामा पुख्यौली मूल थलो रहेका अत्री गोत्रीय गौतमथर वंशका ३९ पुस्ताका देवर्षि गौतमका सन्ततिहरूलाई गोलबद्ध गरी गौतम वंशका संस्कार तथा संस्कृतिको अध्ययन तथा अनुसन्धानमा योगदान पुर्याई सुसंस्कारको संरक्षण तथा सम्बर्धन गर्न, आपसी सद्भाव, प्रेम, सहयोग र विकास भावनालाई निरन्तरता दिने उद्देश्यले “देवर्षि गौतम परिवार” स्थापना गरिएको हो ।
यो संस्थामा भोजपुर जिल्लाको पापुङ्गा मूल थलो भएका देवर्षि पाध्ये गोतामे का सन्तानहरु (गौतमका छोरा, बुहारी, छोरी, ज्वाइँ, भाञ्जा तथा भाञ्जीहरु) ससदस्यको रुपमा आवद्ध हुनसक्छन् ।
संस्थाका प्रमुख उद्देश्यहरु
(क) अत्री गोत्रीय गौतम वंशका धर्म संस्कृति तथा परम्पराका आदर्श र मान्यताको जगेर्ना गर्दै परिष्कृत सभ्यता, दर्शन र चिन्तन अनुसारको सुन्दर सभ्य समाज निर्माणमा योगदान दिन सहयोग गर्ने ।
(ख) आफ्ना कुलवंशका सन्ततिहरुलाई सुन्दर सभ्य समाज निर्माणमा लाग्न प्रेरित गर्ने ।
(ग) आफ्ना कूलवंशमा चलिआएको संस्कार, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण र सम्वर्धन साथै पुर्खाहरुले मानि ल्याएका रितिथितिलाई समयानुकुल परिमार्जित गर्दै लैजाने तथा सामाजिक कुरिती, विकृति र विसंगति हटाउन सहयोगी काम गर्ने ।
(घ) देवर्षि गौतमका सन्ततिका अभिलेख राख्ने, देवर्षि गौतमका सन्ततिका वंशावली तयार गरी प्रकाशित गर्न पहल गर्ने ।
(ङ) पुस्तावली व्यवस्थित गर्न तथा सूचना प्रवाह गर्नका लागि विद्युतीय माध्यममा सफटवेयर, वेबसाईट आदिको माध्यमबाट जानकारी गराउन पहल गर्ने ।
(च) देवर्षि गौतमका सन्ततिहरु मिली गौतम बन्धु लगायत अन्य मानव समुदायको सेवाको लागि अक्षय कोष तथा कल्याण कोष लगायत विभिन्न कोषको स्थापना गर्ने । कोषको उपयोग परोपकारी र कल्याणकारी कार्यमा गर्ने ।
(छ) देवर्षि गौतमका सन्ततिहरु विच सदभाव, प्रेम, भातृत्व/भगिनित्व, आपसी सहयोग तथा सम्बन्ध बढाउन आवश्यकता अनुसार विभिन्न उपसमिति र विभाग मार्फत विभिन्न कार्यक्रम गर्ने ।
(ज) कुनैपनि सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्ति वा संस्थालाई समय समयमा सम्मान, अभिनन्दन र पुरस्कृत गर्ने ।
(झ) सबै देवर्षि गौतमका सन्ततिहरुलाई सम्बृद्ध बनाई अन्य समुदाय, विभिन्न गैर सरकारी तथा सरकारी, स्थानीय निकायहरुमा भाईचारा सम्बन्ध कायम गर्दै मैत्री एवम सहयोग आदान प्रदान गर्ने ।
संस्थाको औपचारिक नाम : देवर्षि गौतम परिवार (Devarshi Gautam Family)
संस्थाको ठेगाना : नयाँ बस्ती, गोकर्णेश्वर नगरपालिका -०६, काठमाडौं, नेपाल
संस्थाको इन्टरनेट ठेगाना : www.gautamfamily.org.np
इमेल ठेगाना : gautamdevarshi@gmail.com / dgf2079@hotmail.com
मोबाइल सम्पर्क : +९७७-९७६१८०८४८८
संस्थाको दर्ता सम्बन्धी विवरण :
जिल्ला प्रशासन कार्यालय, काठमाडौं दर्ता नं. २४२, दर्ता मिति: २०८०/०१/०४ (17-04-2023)
गोकर्णेश्वर नगरपालिका, दर्ता नं. ७३७/०७९/०८०, दर्ता मिति: २०७९/१२/२६ (08-04-2023)
समाज कल्याण परिषद, काठमाडौं, आवद्धता नं. ५५१५९, मिति: २०८०/०१/०५ (18-04-2023)
आन्तरिक राजश्व कार्यालय, जोरपाटी PAN: ६१९६५६७५५, मिति: २०८०/०१/०५ (18-04-2023)